Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

३१ करोड ३८ लाख बक्यौता तिरेपछि सुबिसुको लाइसेन्स नवीकरण

३१ करोड ३८ लाख बक्यौता तिरेपछि सुबिसुको लाइसेन्स नवीकरण

आर्थिक पत्र
शुक्रवार, पौष २६ २०८१
  • काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि लागू हुनेगरी सुबिसु केबलनेट लिमिटेडको लाइसेन्स ५ वर्षका लागि नवीकरण गरेको छ । सुबिसुले ३१ करोड ३८ लाख बक्यौता तिरेपछि प्राधिकरणले लाइसेन्स नवीकरण गरेको हो ।

    कम्पनीले रोयल्टीको बक्यौता रकम १७ करोड ४८ लाख ५१ हजार ६१५ रुपैयाँ ४७ पैसा र आरटीडीएफबापतको १३ करोड ८९ लाख ३९ हजार ५९० रुपैयाँ ४२ पैसा भुक्तानी गरेको हो ।

    कम्पनीले एक वर्ष ढिलो गरी लाइसेन्स नवीकरण गरेको हो । बक्यौता भुक्तानी नगरेपछि २०८० पुस २५ गतेदेखि सेवा प्रभावित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार