Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

पुसमा मात्रै काटियो १९ हजार बढी ग्राहकको लाइन, १४ हजारले बुझाए २२ करोड ८४ लाख बक्यौता

पुसमा मात्रै काटियो १९ हजार बढी ग्राहकको लाइन, १४ हजारले बुझाए २२ करोड ८४ लाख बक्यौता

आर्थिक पत्र
बुधवार, माघ २ २०८१
  • काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले पुस महिनामा मात्रै १९ हजार बढी ग्राहकको बिजुली काटेको छ । समयमै बक्यौता नबुझाउने १९ हजार २३२ ग्राहकको बिजुली काटिएको प्राधिकरणले जनाएको छ ।

    जसमध्ये १४ हजार १११ जनाले बक्यौता बुझाएपछि लाइन जोडिएको छ । जसबाट २२ करोड ८४ लाख बक्यौता महशुल उठेको प्राधिकरणको अर्थ महाशाखाले जनाएको छ ।

    तथ्यांकअनुसार सबैभन्दा बढी मधेश प्रादेशिक कार्यालयले ६ हजार ३६८ ग्राहकको बिजुली काटेको थियो । जसमध्ये तीन हजार ८६७ जनाले ८ करोड २५ लाख ९५ हजार रुपैयाँ बक्यौता तिरेका छन् ।

    त्यसपछि कोशी प्रादेशिक कार्यालयले तीन हजार २९१ ग्राहकको बिजुली काटिएकोमा दुई हजार ८४२ ग्राहकले ३ करोड २० लाख ८१ हजार रुपैयाँ बक्यौता बुझाएर पुन:लाइन जोडेका छन् । यस्तै लुम्बिनी प्रादेशिक कार्यालयले दुई हजार ४४० ग्राहकको बिजुली काटेको थियो । जसमध्ये दुई हजार १५१ ग्राहकले बक्यौता बुझाएका छन् ।

    सबैभन्दा कम बागमती प्रदेश प्रदेश डिभिजन कार्यालयले ७०४ ग्राहकको बिजुली काटेकोमा ४६७ जनाले पुन: बिजुली जडान गरेका छन् । 

    बक्यौता तिर्ने ग्राहकको घरमा पुन:लाइन जडान गरिएको छ । बाँकी पाँच हजार १२१ ग्राहकले अझैँ बक्यौता तिरेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार