Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

अध्यक्ष प्रचण्डद्वारा ज्येष्ठ नागरिकको सम्मान

अध्यक्ष प्रचण्डद्वारा ज्येष्ठ नागरिकको सम्मान

आर्थिक पत्र
शनिवार, माघ ५ २०८१
  • मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोरङको ग्रामथान २ झोराहाठ पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन ।

    images

    अध्यक्ष प्रचण्डले १०६ वर्षीय बखतबहादुर कार्की, १०६ वर्षीय पदमप्रसाद पौडेल, ९७ वर्षीय कुलदीप मण्डल, ८२ वर्षीय गंगादेवी लुइँटे र  ८० वर्षीय सिछाइ मुसहरलाई सम्मान गरेका हुन ।

    सो क्रममा अध्यक्ष प्रचण्डले ज्येष्ठ नागरिक जीवन्त इतिहास भएकाले उहाँहरुबाट समाजका हरेक क्षेत्रले प्रेरणा लिनुपर्नेसमेत बताए । 

    आजको पुस्ताले अग्रज पुस्ताबाट अनुभव र प्रेरणा लिने समाजलाई गति दिनुपर्ने उल्लेख गर्दै उहाले ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका  लागि राज्य, समुदाय र परिवार संवेदनशील हुनुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार