काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई १ अर्ब रुपैयाँको सामूहिक लगानी कोष योजना ‘नबिल ग्रोथ फण्ड’ सञ्चालन गर्न स्वीकृति दिएको छ।
बोर्डले कात्तिक ११ गते बन्दमुखी प्रकृतिको उक्त योजनालाई स्वीकृति दिएको हो। योजनाअन्तर्गत प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाइ निष्कासन गरिनेछ।
नबिल बैंक योजना प्रवर्द्धक रहेको फण्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड हो। कम्पनीले हाल बजारमा एउटा बन्दमुखी सामूहिक लगानी कोष योजना व्यवस्थापन गरिरहेको छ। नबिल ग्रोथ फण्ड सञ्चालनमा आएपछि कम्पनीले व्यवस्थापन गर्ने बन्दमुखी योजनाको संख्या थपिनेछ।


