Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

आर्थिक पत्र
आइतवार, कार्तिक १६ २०८३
  • काठमाडौं । नेपाली बजारमा आइतबार (कात्तिक १५ गते) सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घटेको छ।

    मूल्यमा गिरावट आएसँगै आइतबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

    यसैगरी, आइतबार चाँदीको मूल्यमा पनि तोलामा १७५ रुपैयाँले कमी आएको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार ८२५ रुपैयाँ रहेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार