Logo

Nov 01 2026

Nov 01 2026 | २०८३ कार्तिक १६ गते

images

कुमारी बैंकको ब्याज आम्दानी घट्दा पनि नाफामा सुधार, ३ महिनामा कमायो १ अर्ब ७ करोड

कुमारी बैंकको ब्याज आम्दानी घट्दा पनि नाफामा सुधार, ३ महिनामा कमायो १ अर्ब ७ करोड

आर्थिक पत्र
आइतवार, कार्तिक १६ २०८३
  • काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७० प्रतिशत बढी हो । गत वर्षको बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    images

    बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९१ करोड २० लाखबाट घटेर २ अर्ब ९ करोड रुपैयाँ कायम भएको छ । यता, फि तथा कमिसन आम्दानी बढेको छ । ट्रेडिङ आम्दानी पनि बढेको छ । साथै, इम्पेयरमेन्ट चार्ज घटेको छ । ब्याज आम्दानी घटेपनि इम्पेयरमेन्ट चार्ज  घटेको हुँदा नाफाका सुधार आएको हो ।

    बैंकले ४ खर्ब २८ अर्ब ३४ करोड निक्षेप संकलन गरेर २ खर्ब ९३ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।   

    २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १८ अर्ब ८१ करोड ६० लाख रुपैयाँ जम्मा छ ।  कुमारीको प्रतिसेयर आम्दानी १६.३९ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १७२.३१ रुपैयाँ छ । एनपीएल ८.७२ प्रतिशत छ  । यसको लाभांश वितरण क्षमता २.२४ प्रतिशत छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार