Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

भ्यालेन्टाइन सिजनको लागि सामसङ नेपालले ल्यायो ग्यालेक्सी एस २४ अल्ट्रा र जि सिरिजमा प्राइस् ड्रप

भ्यालेन्टाइन सिजनको लागि सामसङ नेपालले ल्यायो ग्यालेक्सी एस २४ अल्ट्रा र जि सिरिजमा प्राइस् ड्रप

आर्थिक पत्र
मंगलवार, माघ १५ २०८१
  • काठमाडौं। ग्यालेक्सी एस २४ सिरिज लन्चको साथ हामी सबैले ग्यालेक्सी एआईको नयाँ युगको सुरुवात देख्यौं। त्यसपछि रिलिज भएका फाेल्ड़ेबल्सको साथ स्मार्टफोन प्रयोगकर्ताहरूको अन्तरक्रिया गर्ने तरिकालाई रूपान्तरण गर्दै ग्यालेक्सी एआईको क्षमतामा विस्तार भएको थियो ।

    अब सन् २०२५ को भ्यालेन्टाइन सिजनमा, सामसङ नेपालले यी नयाँ ग्यालेक्सी जेड सिरिजका फोल्डेबल वा ग्यालेक्सी एस २४ अल्ट्रा स्मार्टफोनको साथ आफ्ना प्रियजनहरूसँग आफ्नो माया बाँड्न सहज पार्नका लागि, प्राइस् ड्रप तथा बोनस फ्री गिफ्ट रहेको अफर मार्फत अझ सुलभ मूल्यमा बजारमा उपलब्ध गराएको छ ।

    यो भ्यालेन्टाइन सिजनमा ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६ वा ग्यालेक्सी एस २४ अल्ट्रा (१२-२५६ जिबि) आफ्नो प्रियजनहरुलाई गिफ्टको रुपमा खरिद गर्न चाहनु भएका ग्राहकहरुले सो खरिदमा रु.२५,०००– सम्मको बचत गर्न सक्नु हुनेछन्। यस प्राइस् ड्रपका साथै ग्यालेक्सी जेड फोल्ड ६ को खरिद गर्दा रु.५,४९९– मूल्य रहेको क्लियर केस र ग्यालेक्सी जेड फ्लिप ६ को खरिदमा रु.५,४९९– मूल्य रहेको सिलिकन केस पनि ग्राहकहरुले निःशुल्क प्राप्त गर्न सक्नु हुने छन्।

    साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाबाट तपाईँले ग्यालेक्सी जेड सिरिजका स्मार्टफोनहरूलाई १८ महिनासम्म र ग्यालेक्सी एस २४ अल्ट्रालाई १२ महिनासम्मको अवधि भित्र ०% ब्याज दरमा सजिलो ईएमआईमा प्राप्त गर्न सक्नुहुन्छ । यो प्रक्रियालाई सहज बनाउनको लागि प्रमाणपत्रको रुपमा तपाईँलाई केवल आफ्नो नागरिकताको आवश्यक पर्नेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार