Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

आजबाट लागु हुने गरी अण्डाको मूल्य बढ्यो, प्रतिगोटा कति?

आजबाट लागु हुने गरी अण्डाको मूल्य बढ्यो, प्रतिगोटा कति?

आर्थिक पत्र
मंगलवार, माघ २२ २०८१
  • काठमाडौं । बजारमा अण्डाको मूल्य बढेको छ। अण्डाको खपत बढेसँगै मूल्य बढेको हो।आजबाट लागु हुने गरी अण्डाको मूल्य बढाइएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए।'हिजो हामी अण्डा उत्पादकहरू बैठक बसेका थियौं,' उनले भने, 'बैठकले आजबाट मूल्य बढाउने निर्णय गरेको हो।' 

    बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्।उनका अनुसार न्यूनतम प्रतिक्रेट १५ रूपैयाँदेखि अधिकतम ३० रूपैयाँका दरले अण्डाको मूल्य बढाइएको छ मूल्य बढेसँगै अब ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रूपैयाँ पर्ने भएको छ।

    यसअघि अण्डाको मूल्य प्रतिक्रेट तीन सय ७०, मध्यम तीन सय ५५ र एक्स–एल अण्डा तीन सय ८५ रूपैयाँ थियो।यो किसानले पाउने मूल्य हो। किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि थोरै बढ्ने छ। हाल उपभोक्ता मूल्य प्रतिक्रेट २० देखि ३० रूपैयाँका दरले  बढेको टोखा–भण्डारी टोलस्थित लुम्बिनी अण्डा सप्लायर्सका सञ्चालक दिपक कुँवरले जानकारी दिए। 

    उनका अनुसार हाल उपभोक्तालाई प्रतिक्रेट अण्डाको मूल्य ठूलो चार सय ७०, मध्यम चार सय ५० र एक्स–एल ४ सय ९० रूपैयाँ पर्नेछ। यसअघि उपभोक्ताले प्रतिक्रेट अण्डा ठूलो ४ सय ४०, मध्यम ४ सय २० र एक्स–एल ४ सय ६० रूपैयाँ थियो। 

    हाल उपभोक्तालाई अण्डा प्रतिगोटा भने २० रूपैयाँ पर्ने उनले जानकारी दिए। यसअघि पनि प्रतिगोटा अण्डा भने २० रूपैयाँमै बिक्री भएको थियो।मूल्य थोरै घटबढ हुँदा प्रतिगोटा अण्डाको मूल्य भने घटबढ हुँदैन।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार