Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बजारमा ह्वात्तै बढ्यो खाने तेल र घिउको मूल्य

बजारमा ह्वात्तै बढ्यो खाने तेल र घिउको मूल्य

आर्थिक पत्र
मंगलवार, माघ २९ २०८१
  • काठमाडौं । पछिल्लो समय बजारमा खाने तेल र घिउको मूल्यमा अचाक्ली वृद्धि भएको छ, जसले उपभोक्तालाई कठिनाइमा पारेको छ । अहिले तेल तथा घिउको मूल्य प्रतिलिटर ४० देखि ६० रुपैयाँसम्म वृद्धि भएको छ । बजारमा तेल र घिउको मूल्यमा भएको अस्वाभाविक वृद्धिले सरकारी निगरानी र नियन्त्रणको अभावलाई उजागर गरिरहेको छ।

    दशैँ–तिहारजस्ता महान चाडपर्वमा समेत मूल्य नबढेको तेल–घिउको मूल्य पछिल्लो केही महिनामा ह्वात्तै वृद्धि भएको छ । अहिले सूर्यमुखी र भटमास तेलको मूल्य प्रतिलिटर २५० देखि २७० रुपैयाँसम्म पुगेका छ । यसअघि उक्त तेलको मूल्य २१० देखि २२० रुपैयाँ प्रतिलिटरसम्म थियो । तोरीको तेलको मूल्य पनि अत्यधिक बढेर ३२५ रुपैयाँभन्दा बढी भएको छ ।

    यस्तो छ एक महिनाको मूल्य वृद्धिको अवस्था

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार