Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

भारतीय थानाबाट नेपाली गाँजा तस्कर फरार, चौकीदार निलम्बित

भारतीय थानाबाट नेपाली गाँजा तस्कर फरार, चौकीदार निलम्बित

आर्थिक पत्र
शुक्रवार, फाल्गुण २ २०८१
  • रौतहट - रौतहट र बाराको सिमानासँग जोडिएको भारत बिहार मोतीहारी जिल्ला झरौखर थानाको नियन्त्रणबाट एक जना नेपाली गाँजा तस्कर फरार भएका छन्।

    images

    भारतीय नम्बरको गाडीमा ४३ किलो लागुऔषध गाँजासहित पक्राउ परेका रौतहट मौलापुर नगरपालिका पिपरिया गाउँका २५ वर्षीय लक्षमी नारायण साह शुक्रबार बिहान फरार भएका हुन्।

    बिहान ६ बजे  शौच गराउन झरौखर थाना छेउको चौरमा लागिएकोमा चौकीदार र प्रहरीलाई झुक्याएर नेपाली सीमातर्फ भागेको भारतीय प्रहरीले जनाएको छ।
    झरौखर थानाबाट नेपाली सिमाना दशगज्जा बढीमा पाँच सय मिटर टाढा पर्दछ। उनी भागेपछि थानाका चौकीदार राम औतारलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय मोतिहारीले जनाएको छ।

    मोतीहारीका एसपी सुवर्ण प्रभातका अनुसार बिना हतकडीसहित शौच गराउन लागेका  चौकीदार राम औतारलाई तत्काल निलम्बन गरी रक्सौलका डिएसपी धीरेन्द्र कुमारको टोलीले घटनाको अनुसन्धान सुरू गरेको छ।

    साहमाथि झरौखर थानामा एफआइआर तत्काल दर्ता गरिएको एसपी प्रभातले जानकारी दिएका छन्। यस्तो एफआइआर मुद्दामा अदालतबाट जमानत नपाइने व्यवस्था रहेको उनले जानकारी दिएका छन्।

    बिआर १ पिबी ०१११ नम्बरको कारमा ४३ किलो गाँजा भारततर्फ लागिरहेकोमा बिहीबार झरौखर चौकस्थित भारतीय सीमा सुरक्षा बल एसएसबीले बरामद गरेको थियो।

    चौकीदार निलम्बन भएपछि स्थानीयले झरौखर थाना प्रमुख सई अभय कुमार सिंह पनि दोषी रहेको भन्दै उनको पनि निलम्बन हुनुपर्ने माग गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार