Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

धानको उत्पादन ४.४ प्रतिशतले बढ्ने अनुमान

धानको उत्पादन ४.४ प्रतिशतले बढ्ने अनुमान

आर्थिक पत्र
मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडौं । सरकारले यस वर्ष धानको उत्पादन बढ्ने अनुमान गरेको छ ।कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा धानको उत्पादन ४.४ प्रतिशत बढ्ने अनुमान रहेको छ । गत वर्ष धानको उत्पादन ४.३ प्रतिशतले बढेको थियो ।

    गत वर्ष भन्दा धानको उत्पादन अझ बढ्ने अनुमान रहेको मन्त्रालयले जनाएको छ । यस्तो तथ्याङ्क यही माघ २७ गते राष्ट्रिय सभामा प्रस्तुत भएको हो ।

    प्रस्तुत तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक अवधिमा उद्योगको औसत क्षमता उपयोग ४८.३३% रहेको थियो । बैंकिङ क्षेत्रको तरलतामा देखिएको सुधार, घट्दो व्याजदर, अन्तर्राष्ट्रिय बजारमा तेल तथा अन्य कच्चा पदार्थको मूल्यमा कायम रहेको स्थिरता लगायतका कारण उद्योग सञ्चालनमा केही सुधार आउने अनुमान रहेको छ ।

    आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फितिलाई ५.५% को सीमाभित्र राख्न सहयोग पुग्ने गरी मौद्रिक व्यवस्थापन गर्ने लक्ष्य रहेकोमा समीक्षा अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित औसत मुद्रास्फिति ४.९७% कायम रहेको छ ।

    समीक्षा अवधिमा वृहत् मुद्रा प्रदाय ३.९% ले बढेको छ । अघिल्लो वर्ष सोही अवधिमा उक्त मुद्रा प्रदाय ६.५% ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ पुष मसान्तमा विस्तृत मुद्रा प्रदाय १०.२% ले बढेको छ ।

    समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु. २ खर्ब ६५ अर्ब ५६ करोड अर्थात् ५.२% ले बढेर रु. ५३ खर्ब ३९ अर्ब ५२ करोड पुगेको छ ।समीक्षा अवधिमा कूल आन्तरिक कर्जा १.२% ले बढेको छ । वार्षिक विन्दुगत आधारमा २०८० पुष मसान्तसम्म यस्तो कर्जा ४.८% ले बढेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप रु. २ खर्ब ३९ अर्व ६ करोड अर्थात् ३.७% ले बढेर रु. ६६ खर्व ९१ अर्ब ४४ करोड पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार