Logo

Nov 01 2026

Nov 01 2026 | २०८३ कार्तिक १६ गते

images

तस्करीको आशंकामा विराटनगरबाट मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा

तस्करीको आशंकामा विराटनगरबाट मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा

आर्थिक पत्र
मंगलवार, फाल्गुण २० २०८१
  • विराटनगर- तस्करीको आशंकामा मोरङ प्रहरीले विराटनगरबाट एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।

    images

    सोमबार साँझ साढे ५ बजे विराटनगर महानगरपालिका-१८ स्थित आइसिपी रोडबाट प्रहरीले युपी८७ ९१८१ नम्बरको मालबाहक ट्रक निषन्त्रणमा लिएको हो।

    बिल बिजकभन्दा बढीको सामान रहेको सूचना आएपछि ट्रक नियन्त्रणमा लिइएको मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले बताए।

    ट्रकमा इलेक्ट्रिक, फुड सम्पिमेट्री, कस्मेटिक, मेडिकललगायत ४५ लाख रुपैयाँ बराबरको सामान रहेको चिमरियाले बताए।

    प्रहरीले ट्रक चालक भारतका मोहम्मद अस्लामलाई नियन्त्रणमा लिएर ट्रकसहित राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार