Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

चलचित्रकर्मी स्वस्तिमा खड्का नेपाल टेलिकमको “ब्रान्ड एम्बेसडर” नियुक्त

चलचित्रकर्मी स्वस्तिमा खड्का नेपाल टेलिकमको “ब्रान्ड एम्बेसडर” नियुक्त

आर्थिक पत्र
मंगलवार, फाल्गुण २० २०८१
  • काठमाडाैं। नेपाल टेलिकमले चलचित्रकर्मी स्वस्तिमा खड्कालाई कम्पनीको “ब्रान्ड एम्बेसडर” नियुक्त गरेको छ।

    नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा साेमबार आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालका साथै कलाकार स्वस्तिमा खड्काले हस्ताक्षर गरेका थिए।

    सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले नेपाली चलचित्र क्षेत्रको ख्यातिप्राप्त कलाकारसँगको सहकार्यले कम्पनीका सेवाहरुको प्रबर्धन एवम् बजारीकरण कार्यमा सहयोग पुग्ने बिश्वास व्यक्त गर्दै कम्पनीसँग आवद्धता तथा सहकार्यका लागि अभिनेत्री खड्काप्रति आभार प्रकट गरिन्।

    कार्यक्रममा ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काले नेपाल टेलिकम जस्तो गरिमामय एवम् सुपरिचित संस्थासँग आवद्ध हुन पाउँदा खुशी व्यक्त गरिन्। उनले ब्रान्ड एम्बेसडरको रुपमा कम्पनीको हित अभिवृद्धि हुने गरी कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरेकी थिइन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार