Logo

Nov 01 2026

Nov 01 2026 | २०८३ कार्तिक १६ गते

images

जापान र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

जापान र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

आर्थिक पत्र
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–१७ घर भई ललितपुर, ललितपुर महानगरपालिका–१४ बस्ने ४६ वर्षीय अंगदकुमार जोशी, गोरखा बारपाक सुलिकोट गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने ४७ वर्षीय जगदिश्वर पनेरू र उदयपुर उदयपुरगढी गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–३ बस्ने ३३ वर्षीया नरमाया कार्की छन् । 

    अंगदले जापान पठाइदिन्छु भन्दै एकजनाबाट ११ लाख ६० हजार रूपैयाँ, जगदीश्वरले क्रोएसिया पठाइदिन्छु भन्दै एकजनाबाट दुई लाख रूपैयाँ र नरमायाले क्रोएसिया पठाइदिन्छु भन्दै एकजनाबाट एक लाख ९९ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अंगदलाई सोमबार तथा जगदीश्वर र नरमायालाई मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार