Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

मोबाइल नेटवर्क कमजोर भएमा वाई-फाईबाटै यसरी गर्नुहोस् कल (तरिका सहित)

मोबाइल नेटवर्क कमजोर भएमा वाई-फाईबाटै यसरी गर्नुहोस् कल (तरिका सहित)

आर्थिक पत्र
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौं । नेपाल टेलिकमले गत महिनादेखि एनटी भोवाईफाई (VoWiFi-Voice over Wi-Fi) सेवा सुरु गरेको छ ।

    यसमार्फत भोवाईफाई सपोर्ट गर्ने र भोल्टे एक्टिभेट भएको कुनै पनि मोबाइलबाट देशभित्र र बाहिरबाट वाईफाई नेटवर्क प्रयोग गरेर कल र एसएमएस गर्न सकिनेछ ।

    मोबाइल नेटवर्क कभरेज कमजोर भएका स्थानहरूमा यो सेवामार्फत ग्राहकलाई गुणस्तरीय भ्वाइस र डेटा सेवा पाउने कम्पनीको दाबी छ । 

    भोवाईफाई कसरी प्रयोग गर्ने ?

    १‍ आईफोनको लागि:

    • Settings > Cellular/Phone > Wi-Fi Calling > ON गर्नुहोस्।

    एन्ड्रोइडको लागि:

    • Settings > Connections > VoWiFi/Wi-Fi Calling > ON गर्नुहोस्।

    भोल्टे एक्टिभेट गर्नुहोस्

    • यदि VoLTE एक्टिभेट छैन भने, 4442# डायल गरेर एक्टिभेट गर्नुहोस्।

    वाईफाई नेटवर्कमा कनेक्ट गर्नुहोस्:

    • वाईफाई नेटवर्कमा कनेक्ट भएपछि तपाईंले एनटी भोवाईफाईबाट कल र एसएमएस सेवा प्रयोग गर्न सकिन्छ ।

    केके छन् भोवाईफाईका फाइदा ?

    -एचडी भ्वाइस क्वालिटी ।

    -घर वा अफिसको भित्री भागमा मोबाइल नेटवर्क कमजोर भएमा पनि वाईफाईमार्फत कल गर्न सकिने ।

    - विदेशबाटै नेपाल टेलिकमको नम्बरबाट कल गर्न र एसएमएस पठाउन सकिने । 

    कुनकुन मोबाइल सेटले भोवाईफाई सपोर्ट गर्छन् ?

    यो सेवा प्राय अहिलेका पछिल्ला स्मार्टफोनहरूले मात्र सपोर्ट गर्छन् । केही उदाहरणहरू:

    -आईफोन: आईफोन एक्सआर र यसपछिका सबै मोडेलहरू (आईओएस नाइन र यसभन्दा नयाँ संस्करण)।

    -एन्ड्रोइड: साओमी, सामसङ, वनप्लस, भिभो, ओप्पो, रियलमी लगायतका ब्रान्डका नयाँ मोडेलहरू ।

    कति लाग्छ शुल्क ?

    -नेपालभित्र: सामान्य भ्वाइस/एसएमएस प्याकेज वा ‘Pay As You Go’ शुल्क लाग्नेछ।

    -विदेशबाट: इनकमिङ कल निःशुल्क र आउटगोइङ कलको लागि प्रतिमिनेट रु. ३ शुल्क लाग्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार