Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज रातिदेखि १० घन्टासम्म टेलिकमको सेवा अवरुद्ध हुने

आज रातिदेखि १० घन्टासम्म टेलिकमको सेवा अवरुद्ध हुने

आर्थिक पत्र
शुक्रवार, बैशाख ५ २०८२
  • काठमाडौं । आज शुक्रबार राति ९ बजेबाट नेपाल टेलिकमको सेवा अवरुद्ध हुने भएको छ । फाइवर टु द होम (एफटीटीएच) नेटवर्कको आन्तरिक मर्मत सम्भार तथा स्तरोन्नति कार्य गर्नुपर्ने भएकाले आज राति ९ बजेदेखि भोलि शनिबार बिहान ७ बजेसम्म सेवा अवरुद्ध हुने टेलिकमले जनाएको छ । 

    कम्पनीका अनुसार दूरसञ्चार कार्यालय सुन्धारा अन्तर्गतका ठहिटी, असन, भेंडासिंह, इन्द्रचोक, महाबौद्ध, किलागल क्षेत्रमा मर्मत गर्नु परेकाले टेलिफोन, इन्टरनेट र टीभी सेवा अवरुद्ध हुनेछ । 

    शनिबार ७ बजेसम्म पनि सेवा सुचारु नभएमा ०१५७००१०० वा १९८ मा सम्पर्क गर्न टेलिकमले अनुरोध गरेको छ । 

    May be an image of text

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार