Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

चित्लाङ–थानकोट सडक तीन दिन बन्द रहने

चित्लाङ–थानकोट सडक तीन दिन बन्द रहने

आर्थिक पत्र
बिहिवार, बैशाख २५ २०८२
  • काठमाडौं । मकवानपुर र काठमाडौँ जोड्ने चित्लाङ–थानकोट सडक तीन दिनका लागि बन्द गरिएको छ। सडक डिभिजन काठमाडौँले सडक कालोपत्रेका क्रममा तीन दिनका लागि बन्द गरिएको जनाएको छ।

    थानकोट चित्लाङ सडकको पानीघाटदेखि चन्द्रागिरी भन्ज्याङ्ग खण्डमा कालोपत्रे गर्ने क्रममा बिहीबारबाट शनिबारसम्म पूर्ण रुपमा सवारी आवागमन बन्द गरिएको हो।

    सडक डिभिजन काठमाडौँका डिभिजन प्रमुख इन्जिनियर सन्तराम पाण्डेयले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथलगायतका कार्यालयलाई बिहीबारदेखि शनिबारसम्म उक्त सडक खण्डमा पूर्ण रुपमा सवारी आवागमन बन्द गरिएको हुँदा वैकल्पिक व्यवस्था गरिदिन भनेका छन् ।

    लामो समयदेखि निर्माण सुरु गरिएको उक्त सडक पटक पटक बन्द गर्दै स्तरोन्नतिको काम गरिँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार