Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

भारतमा केही उडान अझै रद्द, यात्रुहरूलाई ट्राभल एड्भाइजरीमा सतर्क रहन आग्रह

भारतमा केही उडान अझै रद्द, यात्रुहरूलाई ट्राभल एड्भाइजरीमा सतर्क रहन आग्रह

आर्थिक पत्र
मंगलवार, बैशाख ३० २०८२
  • काठमाडौं । एयर इन्डियाले मङ्गलबारका लागि केही उडानहरू रद्द गरेको छ । भारत र पाकिस्तानबीच हालै भएको चार दिनको सैन्य झडपपछि १० मेमा युद्धविरामको सहमति भएको थियो ।

    तर त्यसपछि पनि सीमावर्ती क्षेत्रमा तनाव कायम रहेकाले भारतका केही प्रमुख एयरलाइन्सहरूले सावधानी अपनाउँदै उडान रद्द गरेका छन् ।

    भारतको निजी विमान सेवा प्रदायक एयर इन्डिया र इन्डिगोले मङ्गलबार सीमावर्ती क्षेत्रका केही विमानस्थलहरूबाट हुने उडानहरू रद्द गरेको जानकारी दिएका छन् ।
    एयर इन्डियाले आफ्नो एक्स (पूर्व ट्विटर) खातामा लेखेको छ, ‘हालको घटनाक्रम र यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै १३ मे मङ्गलबार जम्मु, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ़ र राजकोटबाट हुने सबै उडानहरू रद्द गरिएको जानकारी गराउँछौं ’

    इन्डिगोले पनि जम्मु, अमृतसर, चण्डीगढ़, लेह, श्रीनगर र राजकोटबाट हुने उडानहरू मङ्गलबारका लागि रद्द गरिएको जनाएको छ । दुवै एयरलाइन्सहरूले यात्रुहरूलाई अधै हुने परिवर्तन वा जानकारीका लागि आफ्ना वेबसाइटहरू वा ग्राहक सेवा केन्द्रमार्फत सम्पर्क गर्न अनुरोध गरेका छन् ।

    यसबीच, भारतीय सेनाले सोमबार जम्मु कश्मीरको साम्बा क्षेत्रमा संदिग्ध ड्रोन देखिएको दाबी गरेको छ, जसले अझै पनि सुरक्षा अवस्था संवेदनशील रहेको संकेत गर्दछ । यात्रुहरूलाई ट्राभल एड्भाइजरीको पालना गर्दै आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार