Logo

Oct 27 2026

Oct 27 2026 | २०८३ कार्तिक ११ गते

images

अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको हतियार सम्झौता

अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको हतियार सम्झौता

आर्थिक पत्र
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौं । अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको रक्षा बिक्री सम्झौतामा हस्ताक्षर भएको छ। अमेरिकाले यो सम्झौतालाई ‘इतिहासको सबैभन्दा ठूलो रक्षा बिक्री सम्झौता’ भनेको छ।

    images

    यो जानकारी ह्वाइट हाउसले जारी गरेको तथ्यपत्रमा दिइएको छ । ह्वाइट हाउसले साउदी अरेबियाले अमेरिकामा ६०० अर्ब डलर “लगानी गर्न प्रतिबद्ध” रहेको बताएको छ।

    रक्षा बिक्री सम्झौताको बारेमा ह्वाइट हाउसले भन्यो, “संयुक्त राज्य अमेरिका र साउदी अरेबियाले इतिहासको सबैभन्दा ठूलो रक्षा बिक्री सम्झौतामा हस्ताक्षर गरे । लगभग १४२ बिलियन डलरको सम्झौता अन्तर्गत साउदी अरेबियालाई एक दर्जन भन्दा बढी अमेरिकी रक्षा फर्महरूबाट अत्याधुनिक युद्ध उपकरण र सेवाहरू प्रदान गरिनेछ।”

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार साउदी अरब आइपुगेका छन्। यहाँ उनले युवराज मोहम्मद बिन सलमानलाई भेटे।

    ट्रम्प साउदी अरेबिया, कतार र युएईको चार दिने भ्रमणमा छन्। यो ट्रम्पको दोस्रो कार्यकालको पहिलो प्रमुख कूटनीतिक भ्रमण हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार