Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको हतियार सम्झौता

अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको हतियार सम्झौता

आर्थिक पत्र
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौं । अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको रक्षा बिक्री सम्झौतामा हस्ताक्षर भएको छ। अमेरिकाले यो सम्झौतालाई ‘इतिहासको सबैभन्दा ठूलो रक्षा बिक्री सम्झौता’ भनेको छ।

    यो जानकारी ह्वाइट हाउसले जारी गरेको तथ्यपत्रमा दिइएको छ । ह्वाइट हाउसले साउदी अरेबियाले अमेरिकामा ६०० अर्ब डलर “लगानी गर्न प्रतिबद्ध” रहेको बताएको छ।

    रक्षा बिक्री सम्झौताको बारेमा ह्वाइट हाउसले भन्यो, “संयुक्त राज्य अमेरिका र साउदी अरेबियाले इतिहासको सबैभन्दा ठूलो रक्षा बिक्री सम्झौतामा हस्ताक्षर गरे । लगभग १४२ बिलियन डलरको सम्झौता अन्तर्गत साउदी अरेबियालाई एक दर्जन भन्दा बढी अमेरिकी रक्षा फर्महरूबाट अत्याधुनिक युद्ध उपकरण र सेवाहरू प्रदान गरिनेछ।”

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार साउदी अरब आइपुगेका छन्। यहाँ उनले युवराज मोहम्मद बिन सलमानलाई भेटे।

    ट्रम्प साउदी अरेबिया, कतार र युएईको चार दिने भ्रमणमा छन्। यो ट्रम्पको दोस्रो कार्यकालको पहिलो प्रमुख कूटनीतिक भ्रमण हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार