Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

आर्थिक पत्र
शुक्रवार, जेठ २ २०८२
  • काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमको सञ्चालक समितिले बिहीबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

    निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको छ।

    नयाँ मुल्यअनुसार अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १५४।५०, दोस्रोमा १५६ र तेस्रोमा १५७ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १३९।५०, दोस्रोमा १४१ र तेस्रोमा १४२ रुपैयाँ भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार