Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

अष्ट्रेलियाको मौद्रिक नीतिमा फेरबदल, ब्याजदर घटाउने केन्द्रीय बैंकको निर्णय

अष्ट्रेलियाको मौद्रिक नीतिमा फेरबदल, ब्याजदर घटाउने केन्द्रीय बैंकको निर्णय

आर्थिक पत्र
मंगलवार, जेठ ६ २०८२
  • सिड्नी।  अष्ट्रेलियाको केन्द्रीय बैंकले मंगलबार आफ्नो औपचारिक नगद दर २५ अंकले घटाएर ३.८५ प्रतिशतमा पुर्‍याएको छ। यो वर्षको दोस्रो पटक ब्याजदर घटाइएको हो।

    बैंकको सञ्चालक समितिले मंगलबारको बैठकपछि जारी गरेको विज्ञप्तिमा मुद्रास्फीति (मूल्यवृद्धि) लाई स्थिर र न्यून राख्नुलाई प्रमुख उद्देश्य बताइएको छ।

    सन् २०२२ मा उच्च विन्दुमा पुगेको मुद्रास्फीति अहिले धेरै ह्रास भएको छ। बैंकका अनुसार पहिले बढाइएको ब्याजदरले समग्र माग र आपूर्ति सन्तुलनमा ल्याउन मद्दत गरेको छ।

    बैंकले पछिल्ला तीन महिनामा विश्व अर्थतन्त्रमा अनिश्चितता बढेको उल्लेख गर्दै, देशभित्रको आर्थिक अवस्था कस्तो हुने भन्ने विषयमा पनि अन्योल रहेको जनाएको छ।सिन्ह्वा

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार