काठमाडौं । अमेरिकाको एक संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक आयात कर लगाउने निर्णय रोकिदिएको छ । विदेशबाट अमेरिका आउने सामानमा व्यापक आयात कर लगाउने डोनाल्ड ट्रम्पको आर्थिक नीतिको एक प्रमुख अंश हो ।
अमेरिकाको अन्तर्राष्ट्रिय व्यापार अदालतले ट्रम्पले जारी गरेकोे आपत्कालीन कानुनले राष्ट्रपतिलाई हरेक देशमा एकतर्फी रूपमा ‘ट्यारिफ’ लगाउने अधिकार नदिने आदेश जारी गरेको बीबीसीले जनाएको छ ।अमेरिकाको न्युयोर्क राज्यका महान्याधिवक्ता जनरलले यो निर्णयको स्वागत गरेका छन् ।
अदालतले ट्रम्प प्रशासनले चीन, मेक्सिको र क्यानाडामा लगाएको करमा पनि रोक लगाएको छ ।ट्रम्प प्रशासनले यस निर्णयविरुद्ध पुनरावेदन गरेको छ । ह्वाइट हाउसका प्रवक्ताले भने, “राष्ट्रिय आपत्काललाई कसरी सम्बोधन गर्ने भन्ने निर्वाचित नभएका न्यायाधीशहरूले निर्णय गर्ने कुरा होइन ।”

