Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एयर इन्डिया विमान दुर्घटना : २४१ यात्रुको मृत्यु, एकजनाको जीवितै उद्धार

एयर इन्डिया विमान दुर्घटना : २४१ यात्रुको मृत्यु, एकजनाको जीवितै उद्धार

आर्थिक पत्र
शुक्रवार, जेठ ३० २०८२
  • काठमाडौं ।  भारतीय राज्य गुजरातको अहमदाबादमा बिहीबार दिउँसो भएको एयर इन्डियाको विमान दुर्घटनामा चालक दलका सदस्यसमेत कुल २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु पुष्टि भएको छ। एक जना मात्र बाँच्न सफल भएका छन्। एयर इन्डियाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत दुर्घटनामा परेको आफ्नो उडान नम्बर एआईआई ७१ मा सवार कुल २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु भएको पुष्टि भएको र एक मात्र जीवितको उपचार भइरहेको जानकारी दिएको हो। मृतकमा चालक दलका १२ सदस्य छन् भने यात्रु २२९ जना छन्। 

    एयर इन्डियाका अनुसार मृतक यात्रुहरूमा १६९ भारतीय, ५३ बेलायती, एक पोर्चुगिज र एक क्यानेडियन नागरिक छन्। दुर्घटनामा विमानको सिट नम्बर ११एमा बसेका विश्वास कुमार रमेश नामका भारतीय मूलका बेलायती नागरिक मात्र बाँच्न सफल भएका हुन्। अहिले उनी अस्पतालमा उपचार गराइरहेका छन्। 

    एयर इन्डियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विमान उड्नासाथ दुर्घटनाग्रस्त भएको थियो। यो विमान अहमदाबादबाट लन्डन ग्याटविक जाँदै थियो।’विमान बिहीबार दिउँसो १:३८ बजे अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाटबाट उडेको २ मिनेटमै खसेको थियो। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार