Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

आज देखी कुखुराको चल्ला उत्पादन र बिक्रीबितरण नगरिने

आज देखी कुखुराको चल्ला उत्पादन र बिक्रीबितरण नगरिने

आर्थिक पत्र
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौं। नेपाल ह्याचरी उद्योग संघले आजवाट कुखुराको चल्ला उत्पादन तथा बिक्री वितरण नगर्ने भएको छ ।
     

    गत शुक्रबार बसेको संघको भेलाले २३ असारदेखि २९ असारसम्मका लागि संघमा आवद्ध उद्योगीलाई बोइलर र कोइलर कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको हो ।

    पछिल्लो समय चल्ला उत्पादक किसानलाई समस्या परेको र लागत अनुसार मूल्य नपाएको भन्दै उक्त बाध्यकारी निर्णय गर्नु परेको संघको भनाइ रहेको छ। सो संघ महासचिव ज्ञानबहादुर विसुरालले ह्याचरी व्यवसायमा अहिले देखिएको विषम परिस्थिति मध्यनजर गर्दै उत्पादन तथा बिक्री बन्द गर्ने बाध्यकारी निर्णयमा पुग्न बिवश भएको जनाएका छन् ।

    उनका अनुसार असार २९ गतेसम्मका लागि याे निर्णय लागु गरिएकाे हाे ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार