Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

टेलिकमले भन्यो- मोबाइलमा आएका शंकास्पद लिंकहरू नखोल्नुहोस्

टेलिकमले भन्यो- मोबाइलमा आएका शंकास्पद लिंकहरू नखोल्नुहोस्

आर्थिक पत्र
बुधवार, भाद्र ४ २०८२
  • काठमाडौं– नेपाल टेलिकमले ग्राहकहरूको मोबाइलमा यूआर एल एड्रेसहरू राखेर आएका लिंकहरु नखोल्न ग्राहकहरूलाई आग्रह गरेको छ । 

    बुधबार एक विज्ञप्ति जारी गर्दै टेलिकमले यस्तो बताएको हो । 

    टेलिकमको विज्ञप्तिमा भनिएको छ,  केही दिनदेखि विभिन्न अलर्ट आईडीहरुमार्फत नेपाल टेलिकमका ग्राहकहरूको मोबाइलमा यूआर एल एड्रेसहरू राखेर ‘Dear valued customer, your Connect IPS account has been locked. Please verify (different url addresses) to login and secure it’ भन्ने व्यहोराको सन्देश सम्प्रेषण गरी लिंक खोल्न लगाई कनेक्ट आइपीएको यूजरनेम र पास्वर्ड इन्ट्री गरी लगइन गर्न लगाएर ठगी गरिएको पाइएकोले सचेत रहन र त्यस्ता लिंकहरु नखोल्न सम्पूर्ण सेवाग्राहीमा अनुरोध छ ।’

    केही URL address हरू 
    https://shorturl.fm/K6xKh 
    https://shorturl.fm/xMwH6

    कम्पनीको आधिकारिक ब्लु टिकसहितको फेसबुक र एक्स लगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवा वारेमा अद्यावधिक हुनसमेत टेलिकमले आग्रह गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार