Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेपालमा दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय, टेलिकम र एनसेलद्वारा सेवा बन्द

नेपालमा दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय, टेलिकम र एनसेलद्वारा सेवा बन्द

आर्थिक पत्र
शुक्रवार, भाद्र २० २०८२
  • काठमाडौँ । नेपाल सरकारको निर्देशन अनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू निष्क्रिय पारिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको पत्र प्राप्त भएपछि प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ती सञ्जालहरू बन्द गरेका हुन्।

    नेपाल टेलिकमले सार्वजनिक सूचना जारी गर्दै नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरिएको जानकारी दिएको छ। टेलिकमले दूरसञ्चार प्राधिकरणको पत्र, सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयका आधारमा यो कदम चालेको जनाएको छ।

    त्यस्तै, एनसेलले पनि सरकारको निर्देशन अनुसार आफ्ना नेटवर्क मार्फत नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू निष्क्रिय गरिएको जनाएको छ।

    नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार टेलिकम कम्पनीहरूलाई पत्र पठाउँदै फेसबुक, म्यासेन्जर, इन्टाग्राम, युट्युब, ह्वाट्सएप लगायत २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गर्न अनुरोध गरेको थियो।

    यस निर्णयसँगै ती प्लेटफर्महरूमा पहुँच तत्कालका लागि बन्द गरिएको छ। सरकारको यस कदमले डिजिटल सेवा व्यवस्थापन र नियमनका पक्षमा नयाँ बहस सुरु गराएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार