काठमाडौँ । राजधानीको गोँगबुस्थित नयाँ बसपार्कबाट लामो दूरीका यात्रुबाहक बसहरू पुनः सञ्चालनमा आएका छन्। यही भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका कारण सरकारले जारी गरेको निषेधाज्ञा र कर्फ्युपछि स्थगित भएको सार्वजनिक यातायात सेवा आजदेखि क्रमशः पुनः सञ्चालनमा आउन थालेको हो।
लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लका अनुसार आज बिहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म दर्जनौँ बसहरू उपत्यकाबाट बाहिरिएका छन्।
महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आगामी दिनमा सवारी सञ्चालन संस्थागत रूपमा कसरी अगाडि बढाउने भन्ने विषयमा सुरक्षा निकाय र सम्बन्धित मन्त्रालयहरूसँग समन्वय भइरहेको जानकारी दिए।

