Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

नयाँ बसपार्कबाट बस सञ्चालन सुरु

नयाँ बसपार्कबाट बस सञ्चालन सुरु

आर्थिक पत्र
शुक्रवार, भाद्र २७ २०८२
  • काठमाडौँ ।  राजधानीको गोँगबुस्थित नयाँ बसपार्कबाट लामो दूरीका यात्रुबाहक बसहरू पुनः सञ्चालनमा आएका छन्। यही भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका कारण सरकारले जारी गरेको निषेधाज्ञा र कर्फ्युपछि स्थगित भएको सार्वजनिक यातायात सेवा आजदेखि क्रमशः पुनः सञ्चालनमा आउन थालेको हो।

    images

    लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लका अनुसार आज बिहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म दर्जनौँ बसहरू उपत्यकाबाट बाहिरिएका छन्।

    यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विषम परिस्थितिलाई मध्यनजर गर्दै मातहतका संघसंस्थालाई सवारीसाधन नचलाउन निर्देशन दिएको थियो। तर, हाल सवारीसाधनहरू व्यवसायीहरूको स्वइच्छाले सञ्चालनमा आएको बताइएको छ।

    महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आगामी दिनमा सवारी सञ्चालन संस्थागत रूपमा कसरी अगाडि बढाउने भन्ने विषयमा सुरक्षा निकाय र सम्बन्धित मन्त्रालयहरूसँग समन्वय भइरहेको जानकारी दिए।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार