Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाका परिवारलाई १० लाख रुपैयाँ दिने प्रधानमन्त्रीको निर्णय

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाका परिवारलाई १० लाख रुपैयाँ दिने प्रधानमन्त्रीको निर्णय

आर्थिक पत्र
आइतवार, भाद्र २९ २०८२
  • काठमाडौं– जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ दिने सरकारले घोषणा गरेको छ ।

    images

    आज सिंहदरबारमा पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ दिने निर्णय गरेको नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए ।

    गत मंलगबार र बुधबार भएको जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारी र अन्य पक्षमा गरी देशभर करिब ७२ जनाको मृत्यु भएको मुख्य सचिव अर्यालले बताए ।

    मुख्य सचिव अर्यालले अब युवाको भावना समेटेर काम गर्नका लागि पनि कर्मचारीहरूलाई आग्रह गरेका छन् । उनले भत्केका संरचनाहरू क्रमश निर्माण हुँदै जाने समेत जानकारी गराए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार