Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

खाद्य कम्पनीको दसैंमा खसीबोका बिक्री स्थगित, सुपथ पसल चल्ने

खाद्य कम्पनीको दसैंमा खसीबोका बिक्री स्थगित, सुपथ पसल चल्ने

आर्थिक पत्र
आइतवार, भाद्र २९ २०८२
  • हालैको प्रदर्शनको कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष दसैंमा खसी, बोका तथा च्याङ्ग्रा बिक्रीको तयारी स्थगित गरेको छ। यसवर्ष १८ सय खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने योजना बनाएको कम्पनीले  तयारी अगाडि बढाउन सकेको छैन। कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्य भन्छन्, ‘हामीले तयारी गरे अनुसार खसीबोका ल्याउन समस्या हुने देखिन्छ, अहिले हामीले यसको लागि तयारी गर्न सकेका छैनौं, यदी मन्त्रालयले तयारी गर्नै पर्ने भनेमा हेनेर्छौं।’

    उनले खसिबोका ल्याएर बिक्री गर्ने समय कम भएकोले मन्त्रालयले तयारी गर्न भनेमा मकवानपुर र नुवाकोट जस्ता जिल्लाहरूबाट मात्रै खसीबोका ल्याउन सकिने बताएका छन्।कम्पनीले मुस्ताङ र दाङबाट खसिबोका ल्याउन नसकिने जनाएको छ। उपत्यकामा मुस्ताङ, दाङबाट, नवलपरासी र मकवानपुरबाट बढी खसीबोका ल्याइने गरिएको छ। कम्पनीले दसैंमा १५ सय  खसीबोका र तीन सय च्याङ्ग्रा बिक्री गर्ने लक्ष्य राखेको थियो। 

    खसीबोका बिक्री गर्न सम्भव नदेखिए अनलाइन बुकिङमार्फत अग्रिम रकम लिएका उपभोक्तालाई पैसा फिर्ता गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिए।खाद्य कम्पनीले काठमाडौं, पोखरा, वीरगञ्ज जस्ता शहरी क्षेत्रमा परिस्थिति हेरेर सुपथ पसल सञ्चालन गर्ने भएको छ।  ग्रामीण क्षेत्रमा भने सोमबारदेखि नियमित सञ्चालन हुने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार