Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

६ दिन बन्द भएका सिनेमा हल आजदेखि खुल्दै

६ दिन बन्द भएका सिनेमा हल आजदेखि खुल्दै

आर्थिक पत्र
सोमवार, भाद्र ३० २०८२
  • काठमाडौं। जेन-जी पुस्ताको प्रदर्शनपछि बन्द भएका देशभरका सिनेमा हल सोमवारदेखि खुलेका छन् ।आइतवार बसेको सिनेमा हल सञ्चालक तथा फिल्म वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घको बैठकले दर्शक र सिनेमा हलको सुरक्षामा ध्यान दिँदै सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

    सङ्घका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार तोडफोड र आगजनीबाट ध्वस्त विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा रहेको  क्युएफएक्सको भवनबाहेक अन्य सबै फिल्म हल सोमवादेखि नियमित रुपमा सञ्चालनमा  आएका हुन् ।

    महर्जनले रात्रिकालीन शो सञ्चालन गर्ने भए पनि राति १० बजेभित्र सिनेमा हल बन्द गर्ने व्यवस्था गरिएको बताए । सोमवारदेखि ‘रिमै’, ‘मोहर’ लगायत नेपाली फिल्मसँग केही विदेशी फिल्म पनि प्रदर्शन हुनेछन् ।यसैबीच, दसैँको अवसर पारेर फूलपातीदेखि भने तीन नयाँ नेपाली फिल्म माइतीघर, हरि बहादुरको जुत्ता तथा बलिदान प्रदर्शनमा आउने भएका छन् ।

    जेनजीले भ्रष्टाचार र बेथितिविरुद्ध २३ भदौमा प्रारम्भ गरेको आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित क्युएफएक्स, बुटवलस्थित क्युएफएक्स, गोङ्गबुस्थित आइएनआईको ल्होत्से मल र भक्तपुरको क्युएफएक्समा क्षति पुगेको नेपाल चलचित्र सङ्घले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार