Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

युनिभर्सल पावर कम्पनीले वार्षिक साधारणसभा बोलायो

युनिभर्सल पावर कम्पनीले वार्षिक साधारणसभा बोलायो

आर्थिक पत्र
सोमवार, भाद्र ३० २०८२
  • काठमाडौं । युनिभर्सल पावर कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सभा आगामी असोज २३ गते दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यू, तीखेदेवल, ललितपुरमा बिहान १० बजे साधारण सभा बस्ने छ ।

    उक्त सभाले ९ प्रतिशत बोनश शेयर र र ०.४७३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्ने छ । त्यस्तै, बोनस शेयर जारी गरेपश्चात् कायम हुने चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने र त्यससम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाबाट पारित हुनेछ । 

     साथै निजको पारिश्रमिक निर्धारण, २ जना सञ्चालकको निर्वाचन र स्वतन्त्र सञ्चालकको नियुक्तिलगायतका प्रस्ताव सभाले पारित गर्नेछ । लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज ८ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार