काठमाडौं। एनआईसी एशिया बैंकका ग्राहकले काइरोप्राक्टिक र म्यानुअल थेरापी सेन्टरमा सेवा लिँदा विशेष छुट उपलब्ध हुने भएको छ। थेरापी सेन्टर र बैंकबीच सम्झौता भएसँगै छुटको व्यवस्था भएको हो।
सम्झौतापश्चात बैंकका ग्राहकले बालुवाटार तथा त्रिपुरेश्वरसँगै बुटवलमा रहेका सेन्टरका शाखामा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्ने भएको हुन्।
यस सुविधाको उपयोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।
उक्त थेरापी सेन्टरसँगको यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

