Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

उद्यमशीलता र वित्तीय पहुँच विस्तारमा कुमारी बैंक र वीनरक इन्टरनेशनलको रणनीतिक सहकार्य

उद्यमशीलता र वित्तीय पहुँच विस्तारमा कुमारी बैंक र वीनरक इन्टरनेशनलको रणनीतिक सहकार्य

आर्थिक पत्र
बिहिवार, पौष ३ २०८२
  • काठमाडौँ । सेवा, प्रक्रिया अनि रणनैतिक साझेदारी मार्फत दिगो विकास प्रवद्र्धनमा प्रतिबद्ध कुमारी बैंक लिमिटेडले उद्यमशिलता विकास तथा वित्तिय पहुच विस्तारका लागि वीनरक इन्टरनेशनल सग संझौता गरेको छ ।

    यस सहकार्य अन्तर्गत बैंक र विनरकले संयुक्तरुपमा लक्ष्यित समुदायको उद्यमशिलता विकास, वित्तिय साक्षरता विकास, उद्यमीहरुको प्राविधिक तथा व्यवस्थापकिय क्षमता सुदृढिकरण र दिगो व्यावसायिक योजना निर्माणमा क्षमता विकास गर्ने छन् ।

    दिगो बैकिङ्ग, वित्तिय समावेशीकरण अनि स्थानिय उद्यम सुदृढिकरण तथा प्रवद्र्धनमा कुमारी बैंकको प्रतिबद्धतालाई पुनः प्रष्ट पार्दै दिगो बैकिङ्ग विभागका प्रमुख अर्पण पौडेल भने “यस सहकार्य मार्फत बैंक लक्षित समूहको वित्तिय समृद्धि अभिवृद्धि गर्न तर्फ निरन्तर प्रयत्नशील रहनेछ” ।

    विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु तथा ३१७ एटिएम मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार