Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

खल्ती र अपेनबीच शिक्षा क्षेत्र डिजिटलाइज गर्ने सम्झौता

खल्ती र अपेनबीच शिक्षा क्षेत्र डिजिटलाइज गर्ने सम्झौता

आर्थिक पत्र
आइतवार, भाद्र १२ २०७९
  • काठमाडौं। आफ्नो सेवालाई डिजिटलाइज गरेर थप सरल बनाउने उदेश्यका साथ एसोसिएसन अफ प्रि–स्कूल एजुकेटर्स नेपाल (अपेन) र खल्ती बीच साझेदारी भएको छ। यस साझेदारीसंगै अब अपेनसँग आबद्ध रहेका ६०० भन्दा बढी मनटेस्वरीहरुले नविकरण शुल्क तथा कार्यक्रम शुल्कको सजिलै खल्ती मार्फत् भुक्तानी गर्न सक्नेछन्। 

    यसकासाथै अपेनसँग जोडिन चाहने मनटेस्वरीहरुले पनि अपेनको रजिस्ट्रेशन शुल्क ’खल्ती’ बाट भुक्तानी गर्न सक्नेछन्।

    खल्तीले अपेनसँग आबद्ध रहेका हरेक मनटेस्वरीहरुलाई डिजिटल शुल्क सङ्कलनको सुविधा प्रदान पनि गरेको छ। जस अन्तर्गत अब अपेनसँग आबद्ध भएका र हुन चाहने सम्पूर्ण मनटेस्वरीहरुले निःशुल्क रूपमा डिजिटल शुल्क सङ्कलन गर्न सक्नेछन्। साथै ५०० निःशुल्क एसएमएसको फाईदा पनि लिन सक्नेछन् ।

    एसोसिएसन अफ प्रि–स्कूल एजुकेटर्स नेपाल (अपेन) काठमाडौं जिल्ला प्रशासन र समाज कल्याण परिषद्मा दर्ता भएको गैर नाफामुखी संस्था हो। एस संस्थाले सामान्यतया अभिभावकको भूमिका खेल्दै प्रिस्कूललाई आवश्यक मार्गदर्शन र परामर्श प्रदान गर्छ। साथै बालबालिका, शिक्षक र प्रिन्सिपलहरूलाई विभिन्न अभिमुखीकरणहरू, स्टेज कार्यक्रमहरू, र प्रेरक कार्यक्रमहरू मार्फत अघि बढ्न प्रेरित गर्छ।

    यस सेवा बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “अपेनसँग मिली डिजिटल शिक्षा प्रणालीमा पनि सेवा गर्न पाउनु हाम्रो लागि एक महत्वपुर्ण अवसर हो। हाम्रो यस साझेदारीले परम्परागत शुल्क सङ्कलन प्रणालीलाई डिजिटलाइज गर्दै शैक्षिक क्षेत्रको बित्तिय कारोबार अझै सरल र सुरक्षित बनाउने कुरामा हामी विश्वस्त छौं ।”

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार