Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

आर्थिक पत्र
मंगलवार, चैत्र २४ २०८२
  • महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार क्रमशः हुँदै जाने बताएका छन्।

    कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको निरीक्षणपछि मंगलबार आयोजित कार्यक्रममा उनले पहिलो वर्ष प्राथमिकताका आधारमा शिक्षा र स्वास्थ्यमा सरकारले लगानी गर्ने बताए ।

    मन्त्री पोखरेलले विगतमा पहुँच कम भएका विद्यालय’विश्वविद्यालयलाई बढी प्राथमिकतामा राखेर सरकारले काम गर्ने बताए । उनले भने, ‘आगामी पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार गर्दै जानेछौँ । पहुँच कम भएका क्षेत्रमा लगानी र अनुदान पनि बढाइने छ ।’

    देशभर शिक्षा क्षेत्रको सुधारका लागि काम गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री पोखरेलले सरकारले प्राथमिकतामा राखेका विषयलाई ध्यान दिएर काम गर्न विश्वविद्यालयका पदाधिकारी र कर्मचारीहरूलाई निर्देशन दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार