Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

लेखापढी व्यवसायीको ‘पेन डाउन’ले मालपोत सेवा ठप्प, सेवाग्राही मारमा

लेखापढी व्यवसायीको ‘पेन डाउन’ले मालपोत सेवा ठप्प, सेवाग्राही मारमा

आर्थिक पत्र
बुधवार, चैत्र २५ २०८२
  • काठमाडौं । लेखापढी व्यवसायीहरूलाई ‘बिचौलिया’ भन्दै सरकारले धरपकड गरेको आरोपमा देशभरका व्यवसायीहरूले विरोधस्वरूप ‘पेन डाउन’ गरेका छन्। व्यवसायीहरूले पेन डाउन गरेपछि मालपोत कार्यालयसँग सम्बन्धित सेवा प्रभावित भएको छ।

    लेखापढी व्यवसायीका अनुसार मालपोतसम्बन्धी काम गर्नुअघि अनलाइन प्रणालीमार्फत फाराम भर्ने र कागजात तयार गर्ने प्रक्रिया अनिवार्य हुन्छ। तर व्यवसायीहरूले सो प्रणालीमा आवश्यक विवरण भर्न छाडेपछि जग्गा पास, नामसारी, धितो जस्ता काम पूर्ण रूपमा रोकिएका छन्।

    व्यवसायीहरूको भनाइमा उनीहरू राज्यको अनुमति र कानुनी प्रक्रिया अनुसार काम गरिरहेका छन्। धरौटी राखेर सञ्चालन गरिएको पेशालाई अचानक बिचौलियाको संज्ञा दिंदै पक्राउ गर्नु अन्याय भएको उनीहरूको गुनासो छ। माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूले चेतावनी दिएका छन्।

    सेवा अवरुद्ध हुँदा दैनिक ठूलो परिमाणमा राजस्व संकलन प्रभावित भएको छ। साथै सर्वसाधारणले जग्गा किनबेच, नामसारी लगायतका अत्यावश्यक काम गर्न नसक्दा सास्ती खेपिरहेका छन्। व्यवसायीहरूले आफ्नो पेशाको सुरक्षा, धरपकड रोक्न र स्पष्ट सरकारी नीति ल्याउन माग गरेका छन्।

    जिल्ला तहमा आन्दोलन चर्किंदै गए पनि केन्द्रीय समिति भने हालसम्म औपचारिक रूपमा आन्दोलन घोषणा नगरी वार्ता र छलफलमै केन्द्रित रहेको जनाएको छ। देशभर झण्डै ३० हजार जति लेखापढी व्यवसायी कार्यरत छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार