Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

दुई सय ६६ दीर्घ रोगीलाई आर्थिक सहयोग

दुई सय ६६ दीर्घ रोगीलाई आर्थिक सहयोग

आर्थिक पत्र
बुधवार, चैत्र २५ २०८२
  • तनहुँ– व्यास नगरपालिकाले दुई सय ६६ जना दीर्घ रोगीलाई ३९ लाख २८ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । उनीहरूलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिएको हो । 

    प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार चालु आर्थिक वर्षमा क्यान्सर, मुटुरोग, मिर्गौलाका बिरामीलाई सहायता रकम प्रदान गरिएको हो । 

    यसैबीच, ज्येष्ठ नागरिक, सुत्केरी, विपन्न वर्गका बिरामी र मानसिक रोगीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको छ । यसबाट व्यासका चार हजार ७१५ जना  लाभान्वित भएका छन् ।

    चालु आवको प्रथम आठ महिनामा छ देखि ५९ महिनासम्मका पाँच हजार १६३ जना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको छ । 

    दशदेखि १४ वर्षका सात सय ८९ जना बालिकालाई पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध एचपीभी खोप लगाइएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार