Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

वीर अस्पतालका लेखा अधिकृत दाहाल घुससहित पक्राउ, अदालतमा भ्रष्टाचार मुद्दा दायर

वीर अस्पतालका लेखा अधिकृत दाहाल घुससहित पक्राउ, अदालतमा भ्रष्टाचार मुद्दा दायर

आर्थिक पत्र
बुधवार, चैत्र २५ २०८२
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    आयोगका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी तथा ठेकेदारलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल पास गर्ने क्रममा घुस लिएको सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। सोही क्रममा आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले दाहाललाई कार्यकक्षबाट नगद १ लाख २० हजार ८५० सहित नियन्त्रणमा लिएको हो ।

    अनुसन्धानबाट दाहालले अस्पतालको आन्तरिक स्रोतबाट भुक्तानी दिने प्रक्रियामा गैरकानुनी लाभ लिने उद्देश्य राखी योजनाबद्ध रूपमा विभिन्न कम्पनी तथा फर्मका प्रतिनिधिसँग मोलमोलाई गर्दै घुस लिनेदिने सर्तमा भुक्तानी प्रक्रिया अगाडि बढाएको खुल्न आएको छ। यस क्रममा उनले सेवाग्राहीसँग ९३ हजार ८५० घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ।

    उक्त कार्य भ्रष्टाचार निवारण ऐन, 2059 अन्तर्गतको दफा ३ उपदफा (१) बमोजिम कसुर ठहर हुने भन्दै आयोगले दाहालविरुद्ध बिगो ९३ हजार ८५० कायम गरी सोही बराबर जरिवाना तथा कैद सजायको मागसहित विशेष अदालत काठमाडौं मा आरोपपत्र दायर गरेको सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार