Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

चैत मसान्तसम्म पौने ९ खर्ब राजस्व सङ्कलन, लक्ष्यको ८४ प्रतिशत प्राप्ति

चैत मसान्तसम्म पौने ९ खर्ब राजस्व सङ्कलन, लक्ष्यको ८४ प्रतिशत प्राप्ति

आर्थिक पत्र
मंगलवार, बैशाख १ २०८३
  • काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को नौ महिना (चैत मसान्त) सम्ममा ८ खर्ब ९१ अर्ब ५६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको चैत ३० गतेसम्मको तथ्याङ्क अनुसार, चैत महिनासम्मका लागि निर्धारण गरिएको लक्ष्यको तुलनामा ८४.११ प्रतिशत राजस्व सङ्कलन भएको हो।

    सरकारले चालू आर्थिक वर्षमा कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने वार्षिक लक्ष्य राखेको छ। जसमध्ये चैत मसान्तसम्ममा १० खर्ब ६० अर्ब ३ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य तय गरिएको थियो।

    चैत महिनामा उत्साहजनक सङ्कलन

    चैत महिनामा मात्रै सरकारले १ खर्ब ४९ अर्ब ८३ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा १ खर्ब ३९ अर्ब ७१ करोड रुपैयाँ सङ्कलन गर्न सफल भएको छ। यो मासिक लक्ष्यको ९३.२४ प्रतिशत प्रगति हो। विशेषगरी चैत ३० गते एकै दिन १८ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए।

    उनका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा यस वर्ष राजस्व सङ्कलनमा सकारात्मक वृद्धि देखिएको छ। गत वर्षको चैत मसान्तसम्म ८ खर्ब ४१ अर्ब १३ करोड रुपैयाँ मात्र राजस्व उठेको थियो। गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको राजस्व वृद्धिदर ६ प्रतिशत रहेको छ। गत वर्ष चैत महिनामा १ खर्ब ११ अर्ब ४७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो।
     

    विभागगत सङ्कलनको अवस्था

    अर्थ मन्त्रालयका अनुसार भन्सार विभाग अन्तर्गत ३ खर्ब ६६ अर्ब ७४ करोड रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको ६२.६६ प्रतिशत राजस्व सङ्कलन भएको छ। त्यस्तै, आन्तरिक राजस्व विभागले ४ खर्ब ७० अर्ब ७ करोड रुपैयाँ सङ्कलन गरेको छ, जुन वार्षिक लक्ष्यको ५८.३२ प्रतिशत हो। गैरकर तर्फ ५४ अर्ब ७१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ।

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार