Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

ठगी आरोपमा टिकटकर तुलसा थाइल्यान्डबाट पक्राउ

ठगी आरोपमा टिकटकर तुलसा थाइल्यान्डबाट पक्राउ

आर्थिक पत्र
आइतवार, जेठ १७ २०८३
  • काठमाडौँ – ‘हनी ट्र्याप’मार्फत करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा फरार रहेकी चर्चित टिकटकर तुलसी अधिकारी थाइल्यान्डबाट पक्राउ परेकी छिन्। उनको नाममा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएको थियो। थाइल्यान्डमा पक्राउ परेकी ३२ वर्षीया अधिकारीलाई शनिबार नेपाल ल्याएर ललितपुर प्रहरीको हिरासतमा राखिएको छ। उनलाई सोमबार अदालतमा पेस गरिने प्रहरीले जनाएको छ।

    नवलपरासी घर भएकी अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको कसुरमा मुद्दा दायर भएको थियो। जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले चार महिनाअघि ललितपुर जिल्ला अदालतमा अधिकारीविरुद्ध मुद्दा दर्ता गरेको हो।

    एक अटो व्यवसायीको जाहेरीका आधारमा अधिकारीविरुद्ध आपराधिक लाभ, ठगी, आपराधिक विश्वासघात, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत गरी पाँचवटा कसुरमा मुद्दा चलाइएको छ।

    सहमतिको शारीरिक सम्बन्धलाई हतियार बनाई पीडितलाई जबरजस्ती करणीको झुटो मुद्दा हाल्ने धम्की दिँदै करोडौँ रुपैयाँ असुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उक्त रकम नेपाल र चीनमा लगानी गरी संगठित रूपमै सम्पत्ति शुद्धीकरण गरेको दाबी अभियोगपत्रमा गरिएको छ।

    पीडित व्यवसायीले गत साउनमा प्रहरीमा जाहेरी दिएपछि यसको अनुसन्धान सुरु भएको थियो। अभियोगपत्रअनुसार २०७५ सालमा व्यावसायिक सिलसिलामा उनीहरूबीच चिनजान भएको थियो। बुटवलको एक होटलमा आपसी सहमतिमा शारीरिक सम्बन्ध भएपछि अधिकारीले ‘भनेजति रकम नदिए प्रहरीमा जबरजस्ती करणीको मुद्दा हाल्ने’ भन्दै ब्ल्याकमेल सुरु गरेकी थिइन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार