Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

काठमाडौं उपत्यकामा २४ घण्टामै २७ लाख ट्राफिक जरिवाना संकलन

काठमाडौं उपत्यकामा २४ घण्टामै २७ लाख ट्राफिक जरिवाना संकलन

आर्थिक पत्र
मंगलवार, जेठ १९ २०८३
  • काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जेठ १८ गते बिहान ६ बजेदेखि जेठ १९ गते बिहान ६ बजेसम्म २४ घण्टामै २७ लाख रुपैयाँभन्दा बढी ट्राफिक जरिवाना संकलन भएको छ।

    ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौं उपत्यकामा २४ घण्टाभित्रै २ हजार ९३ जना सवारी चालकलाई ट्राफिक नियम उल्लंघनमा कारवाही गरिएको छ भने उक्त कारवाहीबाट २७ लाख ३६ हजार ५०१ रुपैयाँ जरिवाना संकलन भएको हो।

    मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९२ जना, अफलाइन राइड शेयरिङ गर्ने १६९ जना, रातो बत्तीमा सवारी चलाउने १४१ जना, ओभर स्पीडमा सवारी चलाउने १०१ जना र लेन अनुशासन उल्लंघन गर्ने ८२ जना सवारी चालक कारवाहीमा परेका छन्।

    त्यसैगरी सडक फुटपाथमा सवारी पार्किङ गर्ने १०५ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ९२ जना, एकतर्फी बाटोमा सवारी कुदाउने १२९ जना र अन्य ट्राफिक नियम मिच्ने १ हजार १८२ जना ट्राफिक प्रहरीको कारवाहीमा परेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार