Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

आइरिनको अध्यक्षमा भट्टराई निर्विरोध निर्वाचित

आइरिनको अध्यक्षमा भट्टराई निर्विरोध निर्वाचित

आर्थिक पत्र
शुक्रवार, बैशाख २ २०७९
  • काठमाडौं । इन्टरनेसनल एजुकेसन रिप्रेजेन्टेटिभ्स इनिसिएटीभ नेपाल(आइरिन)को अध्यक्षमा हेमन्त भट्टराई निर्वाचित भएका छन् । हालै सम्पन्न आठौँ साधारणसभाबाट भट्टराई अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । 

    साधारणसभाबाट अध्यक्षसहित दश जनाको कार्यसमिति पनि निर्विरोध निर्वाचित भएको छ । जसमा उपाध्यक्षमा रमा कँडेल, महासचिवमा योगेश क्षेत्री, सचिवमा मन्जु धमला थापा, कोषाध्यक्षमा देवराज थापा, सदस्यहरूमा ओम प्रकाश उपाध्याय, लक्ष्मण योङ्जन, सुजन थापा र डेभिड शाक्य छन् । 

    नयाँ कार्यसमितिले संस्थाको संरक्षकको रूपमा संस्थापक अध्यक्ष उत्तमप्रसाद पन्तलाई मनोनीत गरेको छ। आइरिन विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई परामर्श प्रदान गर्ने परामर्श व्यवसायीहरूको छाता संगठन हो । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार