Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक साढे ९० हजार बढी कित्ता संस्थापक सेयर बिक्री गर्दै

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक साढे ९० हजार बढी कित्ता संस्थापक सेयर बिक्री गर्दै

आर्थिक पत्र
बुधवार, आषाढ ३ २०८३
  • काठमाडौं।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले साढे ९० हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गरेर ५ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ९० हजार ५५० कित्ता सेयर बिक्रीमा राखेको हो ।

    उक्त सेयर हाल कायम बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरि बिक्रीमा राखिएको छ । सेयर किन्न इच्छुक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिनु पर्ने छ । सेयरमा आवेदन दिदा बैंकको सेयर रजिष्ट्रारको कार्यालय आईटी प्लाजा, आवेदन दिनु पर्ने छ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा उक्त सेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखिने कम्पनीले जनाएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार