Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ४५ अर्ब रुपैयाँ तान्दै

बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ४५ अर्ब रुपैयाँ तान्दै

आर्थिक पत्र
बुधवार, आषाढ ३ २०८३
  • काठमाडौं। बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ४५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार उक्त निक्षेप संकलनका लागि असार ३ गते अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल गरिनेछ। बोलकबोल प्रक्रिया बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।केन्द्रीय बैंकले २८ दिन अवधिका लागि निक्षेप संकलन गर्न लागेको हो। यसमा ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलका आधारमा तय गरिनेछ।

    सूचनाअनुसार सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सक्नेछन्। आवेदन रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। यदि माग आह्वान गरिएको रकमभन्दा बढी भएमा प्रस्तावित रकमका आधारमा अनुपातिक ९प्रो–राटा० ढंगले बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।यस निक्षेप संकलन कार्यक्रममा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन सक्नेछन्। राष्ट्र बैंकका अनुसार संकलन गरिएको निक्षेपलाई अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन धितोका रूपमा प्रयोग गर्न सकिनेछ। तर, उक्त रकमलाई अनिवार्य नगद अनुपात (सीआरआर) गणनामा भने समावेश गर्न नपाइने स्पष्ट गरिएको छ।

    हाल बैंकिङ प्रणालीमा तरलता उच्च बनेसँगै राष्ट्र बैंकले नियमित रूपमा निक्षेप संकलनमार्फत बजारबाट अतिरिक्त रकम व्यवस्थापन गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार