Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेप्सेमा झिनो अंकको सुधार, कारोबार ३ अर्ब ६३ करोडमै सीमित

नेप्सेमा झिनो अंकको सुधार, कारोबार ३ अर्ब ६३ करोडमै सीमित

आर्थिक पत्र
बुधवार, आषाढ ३ २०८३
  • काठमाडौं । बुधबार नेप्सेमा झिनो अंकको सुधार आएको छ। यस दिन नेप्से परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ को विन्दुमा कायम भएको छ।

    आज ३५२ कम्पनीहरूको ८३ लाख ७५ हजार ४७१ कित्ता शेयर ४४ हजार ५४२ पटक किनबेच हुँदा ३ अर्ब ६३ करोड ७५ लाख ८९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

    नेप्से झिनो अंकले बढेको भए तापनि आज ८ वटा उपसूचक राताम्मे भएको छ भने ५ वटा उपसूचक मात्रै बढेको छ। आज १२६ कम्पनीको शेयरमूल्य बढ्दा १३१ कम्पनीको शेयरमूल्य घटेको छ भने १४ वटा कम्पनीको स्थिर रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार