काठमाडौं । सालपा विकास बैंकले सामूहिक लगानी कोष (म्युचुअल फन्ड)हरुलाई बाँडफाँट गरिएको सेयरको लक इन अवधि यही असार २४ गते साकिने भएको छ ।
फन्डहरुले यस बैंकको ८६ हजार १९४ कित्ता सेयर होल्ड गरेका छन् । नेपाल धितोपत्र बोर्डले आइपीओ बाँडफाँड भएको मितिदेखि ६ महिनासम्म फन्डहरुलाई छुट्याएको सेयर बिक्रीमा रोक लगाउने व्यवस्था गरेको छ ।
लक इन खुले पछि ती सेयरहरु कारोबारका लागि योग्य हुनेछन् ।

