Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

जन्मदिनको अवसरमा सिटिजन लाइफको ५० लाखको बीमा योजनामा आबद्ध भए विपिन भण्डारी

जन्मदिनको अवसरमा सिटिजन लाइफको ५० लाखको बीमा योजनामा आबद्ध भए विपिन भण्डारी

आर्थिक पत्र
बिहिवार, आषाढ ४ २०८३
  • काठमाडौँ । तिलोत्तमा नगरपालिका–११, शिवपुर निवासी युवा ज्योतिषी विपिन भण्डारीले आफ्नो जन्मदिनलाई विशेष र स्मरणीय बनाउने क्रममा जीवन बीमामार्फत आर्थिक सुरक्षाको सशक्त सन्देश दिएका छन्। उनले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा आफ्नो तथा आफ्नी जीवनसंगिनीको नाममा २५–२५ लाख रुपैयाँका दरले कुल ५० लाख रुपैयाँ बराबरको जीवन बीमा गरेका हुन्।

    जन्मदिनलाई केवल उत्सव र शुभकामना आदानप्रदानमा सीमित नराखी भविष्यप्रतिको जिम्मेवारी र परिवारको आर्थिक सुरक्षासँग जोड्दै भण्डारीले यो महत्वपूर्ण निर्णय लिएको बताएका छन्। जीवनमा आइपर्न सक्ने आकस्मिक आर्थिक जोखिमलाई न्यूनीकरण गर्दै परिवारको भविष्यलाई सुरक्षित बनाउने उद्देश्यले बीमा गरेको उनको भनाइ छ।

    बीमा योजनामा आबद्ध भएपछि भण्डारीले जीवन बीमा हरेक परिवारको आर्थिक सुरक्षाको महत्वपूर्ण आधार भएको उल्लेख गरे। उनले समयमै आफ्नो आवश्यकता र क्षमताअनुसार उपयुक्त बीमा योजना छनोट गर्न सबैलाई आग्रह समेत गरेका छन्।

    उनका अनुसार जीवन बीमा केवल जोखिम व्यवस्थापनको माध्यम मात्र नभई दीर्घकालीन बचत र आर्थिक योजनाको प्रभावकारी साधन पनि हो। त्यसैले युवावस्थादेखि नै आर्थिक सुरक्षाप्रति सचेत हुन आवश्यक रहेको उनले बताए।

    जन्मदिनको अवसरमा गरिएको यो दूरदर्शी निर्णयले आर्थिक सुरक्षा, बचत संस्कार र जिम्मेवार भविष्य योजनाको महत्वलाई उजागर गरेको छ। साथै, यसले समाजका अन्य युवाहरूलाई पनि भविष्यप्रति सचेत, जिम्मेवार र योजनाबद्ध बन्न प्रेरित गर्ने विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार