Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सिटिजन लाइफद्वारा जेठमा मात्रै ११ करोड ९५ लाख दाबी भुक्तानी

सिटिजन लाइफद्वारा जेठमा मात्रै ११ करोड ९५ लाख दाबी भुक्तानी

आर्थिक पत्र
बिहिवार, आषाढ ४ २०८३
  • काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको जेठ महीनामा मात्रै ११ करोड ९५ लाख २८ हजार रुपैयाँ दाबी भुक्तानी दिएको छ।

    चालू आर्थिक वर्ष २०८२/०८३ को जेठ महीनासम्म अर्थात् ११ महीनासम्म आफ्ना बीमितहरूलाई १ अर्ब रुपैयाँ दाबी भुक्तानी दिइसकेको कम्पनीले जानकारी दिएको छ।

    कम्पनीले बीमितको तर्फबाट दाबी निवेदन प्राप्त हुनेबित्तिकै तत्परताका साथ लागेर शीघ्रताका साथ दाबी भुक्तानी प्रदान गरिरहेको जनाएको छ। केही दाबीहरूमा कागजात अपुग वा अन्य कुनै कारणवश ढिला हुन पुगेका बाहेक अन्य सबै दाबी भुक्तानीहरू छिटो छरितो रूपमा दाबी भुक्तानी दिइरहेको बताएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार