Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सेयर बजारमा सामान्य अंकको गिरावट,कारोबार रकम ३ अर्ब ४१ करोड

सेयर बजारमा सामान्य अंकको गिरावट,कारोबार रकम ३ अर्ब ४१ करोड

आर्थिक पत्र
बिहिवार, आषाढ ४ २०८३
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०६ अकंले घटेर २७००० बिन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको ७४ लाख ६८ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४१ करोडको कारोबार भएको हो ।८ उपसूचक घटेको छ भने ५ उपसूचकमा सुधार देखिएको छ । बिहिबार ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८१ कम्पनीको घटेको छ । १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ९८ लाख रुपैयााको सेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावरको २३ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सीएचडीसीको १४ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै एपोलो हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले १२.५३ प्रतिशतका दरले कमाएका छन् ।आज सबैभन्दा धेरै प्रभु बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाइधनीले ५.५४ प्रतिशतका दरले गुमाएका हुन् ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार