Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

प्राइम बैंकलाई ३ अर्बको ऋणपत्र निष्कासन गर्न अनुमति

प्राइम बैंकलाई ३ अर्बको ऋणपत्र निष्कासन गर्न अनुमति

आर्थिक पत्र
शुक्रवार, आषाढ ५ २०८३
  • काठमाडौं। नेपाल धितोपत्र बोर्डले प्राइम कमर्सियल बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ।

    बोर्डले बैंकलाई ‘प्राइम बैंक डिबेन्चर २०९३’ जारी गर्न स्वीकृति दिएको हो। स्वीकृतिअनुसार बैंकले प्रतिइकाइ १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ।

    कुल निष्कासित ऋणपत्रमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिनेछ।

    यो ऋणपत्रको अवधि १० वर्ष रहनेछ। ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ६.२५ प्रतिशत ब्याजदरका आधारमा प्रतिफल प्राप्त गर्नेछन्।

    बैंकका अनुसार ऋणपत्रबाट संकलित रकम दीर्घकालीन वित्तीय स्रोत व्यवस्थापन, कर्जा विस्तार तथा अन्य बैंकिङ गतिविधिमा उपयोग गरिनेछ।

    ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा सानिमा क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।

    बैंकिङ क्षेत्रमा दीर्घकालीन स्रोत परिचालनलाई बलियो बनाउन पछिल्ला वर्षहरूमा वाणिज्य बैंकहरूले ऋणपत्र निष्कासनलाई प्राथमिकता दिँदै आएका छन्। प्राइम बैंकले पनि सोही रणनीतिअन्तर्गत ‘प्राइम बैंक डिबेन्चर २०९३’ बजारमा ल्याउन लागेको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार